नेपालकी एक २४ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी गरेकी छिन् । देहव्यापारी ती महिलाले अहिलेसम्म १०,०९१ पुरुषहरुसँग सेक्स गरिसकेकी छिन् । यद्यपी महिलाले अहिले यो काम छोडिसकेकी छिन् तर उनले जे गरिन् त्यो सायदै कसैले गर्ननसक्ला । देहव्यापारीको पहिचानले काम गर्ने उनी १६ वर्षको हुँदा एक सामूहिक बलात्कारको शिकारी बन्न पुगेकी थिइन् । त्यसपछि उनी डान्सर बनिन् । उनी २१ वर्षको उमेरमा वेश्यावृत्तिको दलदलमा फसेकी थिइन् । उनी एक घण्टाको तीन हजारदेखि सात हजारसम्म ग्राहकहरुबाट लिने गर्दथिन् । उनी यो कामको दौरान लागुपदार्थ र रक्सीको लत बेस्सरी फसेकी थिइन् । यी सबै कुराहरु एउटा किताबमार्फत सार्वजनिक गरेकी छिन् । एक क्रिश्चियन परिवारमा जन्मेकी उनी नाइट क्लबमा डान्सर थिइन् । उक्त किताबमा उनको पहिलो सेक्सको बारेमा पनि जानकारी दिइएको छ । किताबमा लेखिएको छ, ‘ मैले पहिलो पटक सेक्स गर्नुभन्दा पहिले निकै धेरै रक्सी पिएको थिएँ । मलाई पहिलो रातको ६० हजार दिइएको थियो ।’ उनी वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको देशमा काम गर्न चाहन्थिन् । यो काम गर्दा उनले आफ्नो असली नाम कसैलाई पनि दिइनन् । उनले देशकै चर्चित नेता, वकिल, कलाकार, संगीतकारहरुसँग रात बिताएको बताएकी छिन् । यो काम गर्दा उनलाई निकै महँगा कार र लुगाहरु उपहारस्वरुप दिइएको थियो ।